मानिसहरूले तपाईंलाई ५० वर्षको उमेरमा तपाईं ३० वर्षको मात्रै भएको सोचून् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने, छालाको हेरचाहमा प्रयोग हुने महँगो उत्पादनमा पैसा खर्च गरेर मात्रै हुँदैन ।
वास्तविक जादु त तपाईंको आहारमा लुकेको हुन्छ । केही सुपरफुडहरूले छालालाई भित्रबाट पोषण दिने, बुढ्यौलीलाई ढिलो गर्न मद्दत गर्ने र प्राकृतिक चमक कायम राख्न मद्दत गर्ने फिटनेस र आहार विशेषज्ञहरू भन्छन् । सबैभन्दा राम्रो कुरा के हो भने यहाँ भनिएका सुपरफुडहरूमध्ये दैनिक दुईवटा मात्र खाँदा छालालाई लामो समयसम्म स्वस्थ, ताजा र जवान देखिन मद्दत मिल्छ ।
१. आफ्नो आहारमा बेरिज समावेश गर्ने
ब्लूबेरी, स्ट्रबेरी र रास्पबेरी जस्ता बेरीहरू एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छन् । यसले छालाका कोषहरूलाई क्षति पुर्याएर बुढ्यौली प्रक्रियालाई तीव्र बनाउने फ्री रेडिकलहरूसँग लड्छन् । बेरिजको नियमित सेवनले छालाको लचिलोनि र प्राकृतिक चमक कायम राख्न मद्दत मिल्न सक्छ ।
२. बदाम र बियाँ
बदाम, ओखर, चियाको दाना र सूर्यमुखीको बियाँ स्वस्थ बोसो र भिटामिन ई को उत्कृष्ट स्रोत हुन् । यिनीहरूले छालालाई भित्रबाट मोइस्चराइज राख्छन् र चाउरीपना आउने गतिलाई सुस्त बनाउन मद्दत गर्न सक्छन् । बदा र बियाँ मस्तिष्क र मुटुको स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।
३. हरियो पातदार तरकारीहरू
पालुङ्गो, मेथी, तोरी र केल जस्ता हरियो तरकारीहरूमा फोलेट, आइरन र एन्टी–इन्फ्लेमेटरी गुणहरू प्रशस्त हुन्छन् । तिनीहरूले शरीरमा रक्तसञ्चार सुधार गर्छन्, छालालाई आवश्यक पोषक तत्वहरू प्रदान गर्छन् र अनुहारलाई भित्रबाट स्वस्थ देखाउँछन् ।
४. ग्रीन टी
दैनिक एक वा दुई कप ग्रीन टी पिउनु पनि छालाको लागि लाभदायक हुन सक्छ । यिनीहरूमा रहेको पोलिफेनोल नामक एन्टिअक्सिडेन्टले छालालाई सूर्यको हानिकारक यूवी किरणहरूबाट जोगाउन र बुढ्यौलीको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ ।
५. रातो भेडे खुर्सानी
रातो भिँडे खुर्सानीमा लाइकोपीन नामक शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छ । यसले छालाका कोषहरूलाई क्षतिबाट जोगाउन र सूर्यको किरणको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ । यसले लामो समयसम्म छालाको जवानी कायम राख्न मद्दत गर्न सक्छ ।
६. जैतुनको तेल
जैतुनको तेलमा रहेको मोनोअनस्याचुरेटेड फ्याटले इन्फ्लामेशन (सुन्निएको) कम गर्न र छालालाई पोषण दिन मद्दत गर्छ । यसलाई सन्तुलित मात्रामा सेवन गर्नाले छालालाई हाइड्रेटेड राख्न र फाइन लाइनहरू र चाउरीपना कम गर्न मद्दत गर्छ ।
यहाँ बताइएको सबै खानेकुराहरू एकसाथ खानु आवश्यक छैन । नियमित रूपमा यीमध्ये दुई थरी सुपरफुड मात्रै आफ्नो दैनिक आहारमा समावेश गर्न सकियो, पर्याप्त पानी पिउनु भयो, निद्रा पूरा हुने गरी सुत्नु भयो र साथसाथै नियमित व्यायाम पनि गर्नु भयो भने छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)