वीरगञ्ज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा आज एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० निर्धारण भएको छ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।