वीरगञ्ज । रौतहटमा एक युवकले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका ९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मङ्गलवार राति शरीरमा पेट्रोल छर्की आत्मदाहाको प्रयास गरेको प्रहरीले उनाएको छ । उनको घाँटीमुनिको ३१.५ प्रतिशत शरीर जलेको छ ।
घटना लगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।