वीरगञ्ज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
बुधवार देखि उद्योगी–व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग संवाद गर्न लागका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ११ः३० बजे ऊर्जा उद्यमीहरूसँग छलफल गर्न लागको छन् । ऊर्जा उद्यमीहरूसँग ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल हुने एक उद्यमीले जानकारी दिए ।
प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल गर्न आफूहरूलाई सिंहदरबारमा आमन्त्रण भएकाले जाने तयारी गरेको उनको भनाई छ । छलफलमा इप्पान अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामाको सहभागिता जनाउने भएका छन् ।