×

कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन्। 

रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन्। कतारको आन्तरिक मन्त्रालयले बेपत्ता १८ जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ। ५४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।  कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक गरिसकेको छैन। 

रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो। यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्छन्। सयौं सप्लाई कम्पनीमार्फत श्रमिक आपूर्ति गरिएको छ।

यहाँ युद्धका क्रममा इरानको क्षेप्यास्त्र आक्रमणबाट क्षतिग्रस्त भएको प्राकृतिक ग्यास निकासी टर्मिनललाई पुनः सञ्चालन गर्ने प्रयास भइरहँदा उक्त दुर्घटना भएको हो। 

Back to top