×

वीरगञ्ज । ज्ञानदा एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक वातावरण, शिक्षक–शिक्षिका, मार्गदर्शक तथा संस्थागत मूल्य र उद्देश्यबारे विद्यार्थीलाई परिचित गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाले कार्यक्रम विद्यार्थीका लागि विद्यालयसँग घुलमिल हुने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले कार्यक्रमले विद्यार्थीलाई शैक्षिक वातावरणप्रति सकारात्मक धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा ज्ञानदा एकेडेमी +2 का प्रोग्राम लिडर वशिम हुसैन र प्रोग्राम हेड सन्देश कुशवाहाको उपस्थिति रहेको थियो। साथै विद्यालयका शिक्षक–शिक्षिकाहरूको परिचय पनि प्रस्तुत गरिएको थियो।

यस अवसरमा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रमुख कार्यकारी अधिकृत कोइरालाले प्रेरणादायी वक्तव्यसहित योग अभ्याससमेत प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रिटिश कलेजका गणेश पौडेलको पनि उपस्थिति रहेको थियो।

अनुशासन इन्चार्ज तथा स्टुडेन्ट केयर हेड सुजित गिरीले विद्यार्थीहरूले पालना गर्नुपर्ने नियम तथा आचरणबारे जानकारी गराउनुभयो। कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण छात्र–छात्रा शुभम जयसवाल र लक्ष्मी गुप्ताले गरेका थिए। प्रोग्राम लिडर वशिम हुसैनले कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा, उत्साह र जाँगर जगाउने विश्वास व्यक्त गर्नुभयो।

Back to top