×

बीरगञ्ज । रवि लामिछाने र अमित शाह बीच भेटवार्ता भएको छ।

भेटका क्रममा दुवै नेताले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूबीच भएको छलफल मुख्यतः द्विपक्षीय सहकार्य विस्तार, साझा हितका विषयमा आपसी सहयोग अभिवृद्धि तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ।

भेटवार्तामा नेपाल र भारतबीच विद्यमान मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने, पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउने तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत विचार आदान–प्रदान भएको जनाइएको छ।

दुवै नेताले क्षेत्रीय स्थिरता, विकास र आपसी हितका विषयमा निरन्तर संवाद तथा सहकार्यलाई प्राथमिकता दिने धारणा व्यक्त गरेको स्रोतले जनाएको छ।

भेटलाई नेपाल–भारत सम्बन्धका विविध आयाममा सहयोग र समझदारी विस्तार गर्ने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Back to top