×

वीरगञ्ज । वीरगञ्जमा बजार अनुगमन अभियानलाई निरन्तरता दिँदै मङ्गलवार पनि संयुक्त अनुगमन टोलीले विभिन्न व्यापारिक क्षेत्रको निरीक्षण गरेको छ ।

अनुगमन टोलीले वीरगञ्जस्थित रेल्वे रोड तथा माइस्थान क्षेत्रका पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा व्यवसायीहरूले मूल्य सूची, गुणस्तर, म्याद नाघेका सामग्री तथा अन्य व्यावसायिक मापदण्डहरूको पालना गरे–नगरेको विषयमा निरीक्षण गरिएको जनाइएको छ ।

स्थानीयका अनुसार संयुक्त अनुगमन टोली माइस्थान क्षेत्रमा पुग्नासाथ त्यहाँका अधिकांश पसलहरू धमाधम बन्द भएका थिए । अनुगमनको क्रममा केही व्यवसायीहरूले पसल बन्द गरेर अनुगमनबाट जोगिन खोजेको स्थानीयवासीहरूको भनाइ छ ।

अनुगमन टोलीले बजारमा उपभोक्ता हित संरक्षण, कालोबजारी नियन्त्रण तथा व्यापारिक अनुशासन कायम गर्ने उद्देश्यले नियमित रूपमा अनुगमन सञ्चालन गर्दै आएको जनाएको छ ।

अनुगमनका क्रममा भेटिएका अवस्था तथा आवश्यक कारबाहीबारे सम्बन्धित निकायले थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

Back to top