वीरगञ्ज । जापानमा हुने एसियाली खेलकुदमा स्थान बनाउन नेपालले चीनसामु जितका लागि ५१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको वायोमास ओभलमा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको योगफल तयार पारेको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा झारिएको छ ।
एसियाली खेलकुद खेल्ने जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपाली टोली सङ्घर्षपूर्ण अवस्थामा छ । नेपालले आजको खेलमा चीनलाई हराउन नसके महिला टोली एसियाली खेलकुदबाट बाहिरिने छन् ।
तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल ७ ओभरमा छोट्टाइएको थियो । तेस्रो स्थानका लागि जारी खेलमा नेपाल सुरुवातबाट नै चीनसँग दबाबमा परेको थियो ।
कविता कुँवर २२ र रुविना क्षेत्री ३ रनमा अविजित रहे। कविताले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन् ।
कप्तान इन्दु बर्मा ११ रनमा क्याच आउट भइन् । उपकप्तान पूजा महतो दोस्रो ओभरमा नै १ रन बनाउँदा क्याच आउट भइन् ।
सम्झना खड्का ५ र रुवि पोडार शुन्य रनमा नै आउट भए। सोनी पाख्रिन ५ रनमा रिटायर्ट आउट भइन् । चीनले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।