×

वीरगञ्ज । एसियाली खेलकुदमा छनोट हुन जित्नै पर्ने दबाबमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दै छ ।

एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार दिनको पौने १२ बजे सुरु हुनेछ। एसियाली खेलकुद यही वर्ष जापानमा हुँदै छ ।

मलेसियाको वायोमास ओभलमा हुने तेस्रो स्थानको खेलमा नेपालले चीनलाई पराजित गरे एसियाली खेलकुदमा स्थान पक्का गर्नेछ । यो खेलमा हार भोगे नेपाली टोली एसियाली छनोटबाट बाहिरिने छ।

सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग २ विकेटले पराजित भएपछि नेपाली टोलीले तेस्रो स्थानका लागि खेल्न लागेको हो ।

समूह चरणमा नेपाल र चीन एकै समूहमा थिए । समूह चरणको खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो । छनोटको फाइनलमा स्थान बनाएका मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

Back to top