×

वीरगञ्ज । नेपाल सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छापा तथा विद्युतीय सञ्चार माध्यममार्फत प्रवाह हुने लोककल्याणकारी विज्ञापनका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन्।

सरकारले सञ्चार माध्यममार्फत जनचेतनामूलक तथा सार्वजनिक हितका सूचना प्रवाहलाई प्रभावकारी बनाउन बजेट विनियोजन गरिएको जनाएको छ।

यस्तै, सरकारले आफ्नो व्यावसायिक तथा प्रचारप्रसारसम्बन्धी गतिविधि विस्तार गर्न सकेसम्म नेपालमा दर्ता भएका सामाजिक सञ्जालको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

सरकारको उक्त रणनीतिलाई स्वदेशी डिजिटल प्लेटफर्म प्रवर्द्धन तथा आन्तरिक विज्ञापन बजार सुदृढीकरणको प्रयासका रूपमा हेरिएको छ।

Back to top