×

वीरगञ्ज । आमा नेपाल फाउन्डेशनको आयोजनामा “सफा र हरियाली वीरगञ्जका लागि हामी सबै” भन्ने मूल नारासहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरी क्षेत्रमा “सरसफाइ कार्यक्रम (Clean Up Program 2026)” सफलतापूर्वक सम्पन्न भएको छ।

वैशाख २४ गते आयोजित कार्यक्रममा फाउन्डेशनका पदाधिकारी, स्वयंसेवक, स्थानीय समुदाय, विद्यालय तथा कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी, स्थानीय युवा तथा समुदायका व्यक्तिहरू सहभागी भई सार्वजनिक स्थान, सडक किनारा तथा पोखरी वरपर सरसफाइ गरेका थिए।

कार्यक्रममा सन्जु शाह, मोनिका जयसवाल, हरेंद्र कुशवाहा, मुकेश चौरसिया, अनिल कुमार ठाकुर तथा सुनिल कुमार झालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण तथा ‘शून्य फोहोर’ (Zero Waste) जीवनशैली सम्बन्धी जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको आयोजकले जनाएको छ।

फाउन्डेशनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु, समुदायमा सरसफाइ संस्कार विकास गर्नु, शून्य फोहोर अवधारणाको प्रवर्द्धन गर्नु तथा युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय बनाउनु रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रमिता मानन्धरले गरेकी थिइन्।

Back to top