×

आईसीसी टी–२० विश्वकपको सुपर एटको पाँचौं खेलमा आज दुई पूर्व विजेता इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।  श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ। 

पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इङ्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज बनाउने छ। 

इङ्ल्याण्ड र पाकिस्तानका लागि समूह २ को आफ्नो दोस्रो खेल सेमिफाइनलको बाटो तय गर्न निकै निर्णायक हुनेछ। सुपर एटको पहिलो खेलमा वर्षा बाधक बनेपछि पाकिस्तानले न्युजिल्याण्डसँग अंक बाँडेको थियो। एक अंक जोडेको पाकिस्तानलाई अबका खेलहरू जित्नै पर्ने दबाब छ। अर्कोतर्फ, इङ्ल्याण्डले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ५१ रनले हराउँदै२ अंक जोडेको छ र उच्च रन रेटका साथ समूहको शीर्ष स्थानमा छ।

पाकिस्तानविरुद्ध विजयी भए इङ्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ। यी दुईबीच ट्वेन्टी ट्वेन्टी ढाँचाको क्रिकेटमा इङ्ल्याण्डको पल्ला भारी छ। 

यो फरम्याटमा अहिलेसम्म भएका कुल ३१ खेल मध्ये इङ्ल्याण्डले २१ र पाकिस्तानले ९ खेल जितेको छ। १ खेल नतिजा विहिन भएको थियो।  पछिल्लो पटक सन् २०२२ को विश्वकप फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्याण्डले उपाधि जितेको थियो।

Back to top