×

भारतले जारी टी(२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ।

बुधबार  सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्डसलाई १७ रनले पराजित गरेको हो। भारतले दिएको १९४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो।

यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।

योसँगै भारतले लगातार ४ खेल जितेर ८ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। त्यस्तै नेदरल्याण्डसको भने ४ खेलमा एक जित र ३ हारसहित २ अंक हासिल गरेर समुह चरणबाट विश्वकप यात्रा समाप्त भएको छ।

समुह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्। यस्तै समूह बीबाट श्रीलंका र जिम्बाबे सीबाट वेष्ट इन्डिज र इङ्ल्याण्ड तथा डी बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड अन्तिम आठमा प्रवेश गरेका छन्। 

Back to top