×

इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाहीमा अमेरिकासँग जोर्डन पनि सहभागी भएको छ। सिरियामा आईएस विरुद्धको हमलापछि मुस्लिम बहुल देश जोर्डनले अमेरिकासँग मिलेर आफ्ना वायुसेनाका जहाजबाट बम बर्साएको पुष्टि गरेको छ। 

जोर्डन आईएसविरुद्धको विश्वव्यापी गठबन्धनमा सामेल ९० देशमध्ये एक हो, जसमा हालै सिरिया पनि सामेल भएको छ। अमेरिकी सेनाले शुक्रबारका आक्रमणमा कति व्यक्ति मारिए भन्ने विवरण सार्वजनिक गरेको छैन। तर बेलायतस्थित युद्ध निगरानी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार कम्तीमा पाँचजनाको मुत्यु भएको छ। 

अमेरिकाले शुक्रबार सिरियाका विभिन्न स्थानमा इस्लामिक स्टेटका लडाकु र हतियार संरचनालाई नष्ट गर्ने उद्देश्यले सैन्य हमला गरेको थियो। यो हमला एक हप्ताअघि एक सिरियाली बन्दुकधारीले गरेको आक्रमणको जवाफमा गरिएको थियो, जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी अनुवादकको मृत्यु भएको थियो।

Back to top