×

टर्की । टर्कीले युक्रेनको चोर्नोमोस्रक बन्दरगाहमा आफ्नो स्वामित्वमा रहेको नागरिक जहाजमा क्षेप्यास्त्र प्रहार भएपछि चिन्ता व्यक्त गरेको छ । शुक्रबार भएकाे साे आक्रमणमा कुनै मानवीय क्षति भएको भने छैन । टर्कीको विदेश मन्त्रालयकाअनुसार चालक दल र चालकहरूलाई बाहिर निकालिएको र कुनै पनि टर्की नागरिक घाइते भएको रिपोर्ट गरिएको छैन ।

यसले ओडेसामा टर्कीको महावाणिज्य दूतावासले स्थितिको निगरानी गरिरहेको र सहयोग प्रदान गरिरहेको बताएको छ । अंकाराले ब्ल्याक सीमा फैलिएको रूस–युक्रेन द्वन्द्वको बारेमा आफ्नो चिन्ता दोहोर्याएको छ ।

यसले नेभिगेसन सुरक्षाका साथै ऊर्जा र बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमणहरू निलम्वन गर्नेसहित वृद्धि रोक्न उपायहरू अपनाउन आह्वान गरेको छ । रूसी पक्षबाट भने तत्काल कुनै टिप्पणी आएको छैन । -सिन्ह्वा

 

Back to top