×

अमेरिकाले भेनेजुएलाको ५ वटा पानी जहाजमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले भेनेजुएलाको तेल बोकिरहेको भनिएका थप छवटा जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको हो। यसअघि एक दिनअघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिकैबाट एउटा तेल ट्यांकर कब्जा गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार कब्जा गरिएको जहाज स्किपर अवैध तेल ढुवानीमा संलग्न थियो। 

यस घटनालाई कराकासले अन्तर्राष्ट्रिय समुद्री डकैती को घटना भनेको छ। यो कदमले मदुरोविरुद्ध अमेरिकाको दबाब अभियान एकदमै चर्किएको संकेत दिन्छ। 

राष्ट्रपति ट्रम्प प्रशासनले भेनेजुएलामाथि अमेरिकामा लागुऔषध पठाएको आरोप लगाउँदै आएको छ। तेलको विशाल भण्डार भएको भेनेजुएलाले भने अमेरिकामाथि आफ्ना स्रोत लुट्ने प्रयास गरेको आरोप लगाएको छ। 

Back to top