×

अमेरिकामा जन्मिएका केही बालबालिकाको जन्मसिद्ध नागरिकता अधिकारसम्बन्धी विवादमा सुनुवाइ गर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ। यो मुद्दाले अमेरिकाको भूमिमा जन्मिने जोकोही नागरिक हुने पुनः परिभाषित गर्ने सम्भावना बोकेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिन अवैध रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका व्यक्तिका सन्तानलाई जन्मसिद्ध नागरिकता नदिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। तर धेरै संघीय अदालतहरूले उक्त आदेश संविधानविपरीत भन्दै रोक लगाउँदै आएका छन्। सर्वोच्च अदालतले अन्तिम फैसला कहिले दिने भन्ने मिति भने तय भएको छैन। निर्णय जे आए पनि, ट्रम्प प्रशासनको आप्रवासन नीतिमा ठूलो प्रभाव पर्ने आकंलन गरिएको छ। 

जन्मसिद्धसम्बन्धी कानूनको १४औँ संशोधनले करिब १६० वर्षदेखि अमेरिकामा जन्मिने सबै व्यक्तिलाई स्वतः नागरिकता सुनिश्चित गर्दै आएको छ। तर ट्रम्प प्रशासनले जन्मसिद्धको क्षेत्राधिकारमा रहेका भन्ने वाक्यांशले अवैधानिक रूपमा बसोबास गर्ने व्यक्तिका सन्तानलाई नसमेट्ने व्याख्या गर्दै आएको छ। 

Back to top