×

भारतले पाकिस्तानलाई पाँच विकेटले हराउँदै कीर्तिमानी नवौं पटक एसिया कपको उपाधि जितेको छ।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। कुलदीप यादवको उत्कृष्ट बलिङले पाकिस्तानको सम्पूर्ण टोली १९ दशलमव १ ओभरमा १४६ रनमा अलआउट भयो। 

१४७ रनको लक्ष्य पछ्याउँदै भारतले १९ दशलमव ४ ओभरमा पाँच विकेट गुमाएर १५० रन बनाएर खेल जित्यो।  तिलक वर्माले उत्कृष्ट पारी खेल्दै ५३ बलमा तीन चौका र चार छक्काको मद्दतले अविजित ६९ रन बनाए भने रिंकु सिंहले विजयी चौका प्रहार गरेर जित दिलाएका थिए। भारतका लागि शिभम दुवेले ३३, सन्जु सामसनले २४ र शुभमन गिलले १२ रन बनाएका थिए। 

पाकिस्तानी बलर फहीम असरफले ३ तथा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९ दशलमव १ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो। पाकिस्तानका लागि शाहीबजादा फरहानले सर्बाधिक ५७ रन बनाए भने फखर जमानले ४६ र सैम आयुबले १४ रन बनाए। 

त्यस्तै भारतीय बलर कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले २–२ विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने उत्कृष्ट खेलाडी भारतकै अभिषेक शर्मा बने।

Back to top