म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रममा शनिबार शानदार सुरुआत गरेको छ।
इर्लिङ हालान्डको दुई गोलको मद्दतमा उल्भ्सलाई ४–० ले हरायो। सिटीका लागि टिजानी रेजिन्डर्स र रायन सेर्कीले एक एक गोल गरे।
सन्डरल्यान्ड र टोटनह्यामले पनि विजयी सुरुआत गरेका छन्। सन्डरल्यान्डले वेस्टह्याम तथा टोटनह्यामले बर्नलीलाई समान ३–० ले हराए।
अन्य खेलमा फुलहम र ब्राइटनले १–१ र एस्टन भिल्ला र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले।