×

वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज जितेको छ । गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई २०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २९५ रनको लक्ष्य पछाएको पाकिस्तानले २९।२ ओभरमा अल आउट हुदै केवल ९२ रन बनाएको थियो । पाकिस्तानका लागि सलमान आघाले २० र मोहमद नवाजले २३ रन बनाएका थिए।

त्यसैगरी पाकिस्तानको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा वेस्ट इन्डिजका बलर जयडेन सील्सले सर्बाधिक ६ विकेट लिएका थिए।

टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउदै २९४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाइ होपले १२० रनको शतकीय पारी खेलेका थिए भने जस्टिन ग्रीभ्सले अविजित ४३ रन बनाएका थिए । जितपछि वेस्ट इन्डिजले ३ खेलको सिरिज २–१ ले विजयी भयो । 

Back to top