नेपाल प्रिमियर लिग( एनपीएल २०२५ को दोस्रो सिजनका लागि भएको मिनी अक्सन (बोलकबोल) मा ४ खेलाडी अधिकतम १५ लाख रूपैयाँमा बिक्री भएका छन्।
मोहम्मद आदिल आलमका लागि भने ८ वटै टोलीले बोली लगाए। लक्की ड्रमार्फत् उनी काठमान्डू गोर्खाजमा आवद्ध भए। ए श्रेणीका आदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउदका लागि एकभन्दा बढी टोलीले समान अधिकतम मूल्यमा बोली लगाएपछि लक्की ड्रमार्फत् गन्तव्य तोकिएको हो।
फ्रेन्चाई क्रिकेट लिगको प्रमुख विशेषतामध्ये एक क्रिकेटर बोलकबोल (अक्सन) बाट खेलाडी आ-आफ्नो टिममा भित्र्याउनने पनि हो। सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले खेलाडी अक्सनबाट खेलाडीलाई आआफ्नो टिममा भिञ्याएका हुन्। एनपिएलका आठै टिमले पहिलो संस्करणमा आआफ्नो टिमबाट खेल्ने पाँचदेखि छ खेलाडी रिटेन गरिसकेकाले यसपालिको अक्सन मिनी अक्सन बनेको थियो। यस पटक क्यानले क्याटगोरी ‘ए’ मा आठ खेलाडी, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी राखेको थियो।
खेलाडी बोलकबोलमा ‘ए’ क्याटागोरीमा रहेका आठमध्ये चार जना देव खनाल, अर्जुन साउद, पवन सराफ र आदिल अलाम सर्वाधिक १५ लाख रुपियाँमा अनुबन्धित भए। यस समूहमा ‘बेस प्राइस’ १० लाख रुपियाँ रहेको थियो। यसैगरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम १० लाख तथा ‘सी’ ग्रेडका क्रिकेटका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपैयाँसम्म बोली लगाउन पाउने प्रावधान थियो।
अक्सनबाट कुल ३७ क्रिकेटर र बिक्री भए। सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी
लायन्सले पाँच÷पाँच र पोखरा एभेन्जर्स, कर्णाली याक्स र च्याम्पियन जनकपुर बोल्ट्सले चार-चार खेलाडी आ-आफ्नो टिममा भित्राएर
घरेलु क्रिकेटरको कोटा पूरा गरे।
एनपिएलको नियम अनुसार सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो। जसमध्ये प्रायः टिमले आधाभन्दा बढी रकम खेलाडी रिटेनमै खर्च गरिसकेको थियो । विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन। सबै टिममसक्ष अझै अधिकतम पाँच विदेशी खेलाडी टिममा भित्राउने अवसर छ।
‘ए’ क्याटोगोरीका अन्य खेलाडी विकेटकिपर ब्याट्सम्यान दिलीप नाथ र स्पिनर सूर्य तामाङ बेस प्राइस दस लाखमा क्रमशः लुम्बिनी र विराटनगरमा पुगे।
‘विस लिस्ट’ बाट टिम पूरा
अक्सनको पहिलो चरण सकिएपछि अनसोल्ड क्रिकेटरमध्येबाट टिम पूरा गर्न विस लिस्टको प्रावधान पनि थियो। काठमाडौँ र कर्णालीले
अक्सन प्रक्रियाबाट अक्सनबाटै आफ्नो टोली पूरा गरेका थिए। बाँकी छ टिमले टिम पूरा गर्न सकेका थिएनन्।
चितवनले विपिन रावल, विपिन आचार्य र रञ्चित कुमार र विराटनगरले श्रवण किस्कु र शङ्कर रानालाई विस लिस्टबाट आ–आफ्नो टिममा भित्र्यायो।
यसै गरी लुम्बिनीले दुर्गेस गुप्ता र आदिल खान, सुदूरपश्चिमले दीपक बोहरा र मिलान बोहरा, जनकपुरले विकास आग्री तथा पोखराले सन्दीप क्षेत्रीलाई विस लिस्टबाट खरिद गरे।
मिति र पुरस्कारको घोषणा बाँकी
एनपिएलमा एक टिममा १७ खेलाडी हुने छन् । जसमा एक मार्की, एक स्थानीय आइकोनिक खेलाडी, १० खेलाडी अक्सनबाट र पाँच विदेशी रहने प्रावधान रहेको छ। नेपालको सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिता एनपिएलको मिति र पुरस्कार घोषणा भने भएको छैन।
अक्सनमा बिक्री भएका क्रिकेटर
काठमान्डु आदिल आलम (१५ लाख), सन्तोष यादव (१० लाख), आकास त्रिपाठी (सात लाख), उत्तम थापामगर (तीन लाख), तुलबहादुर थापा (दुई लाख)।
चितवनः देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (पाँच लाख), विपिन आचार्य (दुई लाख), रञ्जित कुमार (दुई लाख)।
लुम्बिनी : दिलीप नाथ (१० लाख), शेर मल्ल (१० लाख), दुर्गेस गुप्ता (पाँच लाख), विशाल पटेल (पाँच लाख), आदिल खान (दुई लाख)।
कर्णाली याक्स : पवन सराफ (१५ लाख),युवराज खत्री (१० लाख), इमरान शेख (दुई लाख),दीपक डुम्रे (दुई लाख)।
विराटनगर : सूर्य तामाङ (१० लाख), साहिल पटेल (पाँच लाख), नारायण जोशी (पाँच लाख), शङ्कर राना (पाँच लाख), श्रवन किस्कु (दुई लाख)।
पोखरा : अर्जुन कुमाल (पाँच लाख), अभिषेक तिवारी (दुई लाख), कृष्ण पौडेल (दुई लाख), सन्दीप खत्री क्षेत्री (दुई लाख)।
जनकपुर : मयन यादव (सात लाख ७५हजार), विकास आग्री (पाँच लाख), आदित्य महता (पाँच लाख), सचिन भट्ट (दुई लाख)।
सुदूरपश्चिम : हेमन्त धामी (१० लाख), दीपक बोहरा (पाँच लाख), मिलन बोहरा (पाँच लाख), टेकबहादुर रावत (दुई लाख) र दीपेन्द्र थापा (दुई लाख)।