×

वीरगञ्ज । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले वीरगञ्जका एक अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“यातायात व्यवस्था कार्यालय कलैयामा घुसको रकम फालाफाल, अख्तियार दुरुपयोग मौन” शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै कार्यालयले प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दर्ता गरेको जानकारी दिएको छ ।

कार्यालयले उक्त समाचारलाई तथ्यहीन, आधारविहीन र नियोजित भन्दै समाचार प्रकाशित गर्ने सञ्चार संस्थालाई खण्डन प्रकाशित गर्न माग गर्दै पत्राचार पनि गरेको छ ।

कार्यालय प्रमुख अरविन्द दासका अनुसार, “समाचारमा लगाइएका सबै आरोपहरू गलत, निराधार र कार्यालयको छवि बदनाम गर्ने नियतसहित लेखिएको देखिन्छ ।” उनले सोही कारण प्रेस काउन्सिलमा उजुरी गरेको बताए ।

Back to top