×

रौतहट । शुक्रवार राजधानी काठमाडौँको त्रिपुरेश्वरस्थित तीनकुनेमा राजावादी प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार सुरेश रजकको प्रहरी उपस्थितिमै निर्मम हत्या भएको आरोप लागेको छ । 

घटनाको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले घोर निन्दा र भर्त्सना गर्दै शनिवार सदरमुकाम गौरमा विरोध कार्यक्रम गरेको छ ।

रौतहट शाखाका सचिव गौतम श्रेष्ठ, सहसचिव दिनेश सङ्गम, कोषाध्यक्ष सञ्जय साहनी, पूर्व अध्यक्ष रवीन्द्र साह र प्रदेश सदस्य शैलेन्द्र झासहित दर्जनौँ पत्रकारले मैनबत्ती प्रज्वलन गरी मृतक पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उनीहरूले रजकको मृत्युको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

रिपोर्टिङका क्रममा एक घरभित्र रहेका एभिन्युज टेलिभिजनका पत्रकार रजकको शव जलेको अवस्थामा फेला परेको थियो । 

प्रहरी प्रशासनको बेवास्ताका कारण उनको ज्यान गएको टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकारले आरोप लगाएका छन् ।

Back to top