क्यानडाका पूर्व केन्द्रीय बैंकर मार्क कार्नी क्यानडाको सत्तारुढ दल लिबरल पार्टीको नेता बनेका छन्। ५९ वर्षीय कार्नी अब जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै क्यानडाको नयाँ प्रधानमन्त्री बन्नेछन्।
एक लाख ५२ हजार पार्टी सदस्यको मतमध्ये ८६ प्रतिशत प्राप्त गर्दै कार्नीले पूर्व अर्थमन्त्री क्रिस्टिना फ्रील्यान्डलाई पराजित गरे।
विजयी भएसँगै कार्नीले कसैले आफूहरुको अर्थन्त्रलाई कमजोर बनाउन चाहिरहेको आरोप लगाए। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इंगित गर्दै क्यानेडाली नागरिक र व्यवसायलाई आक्रमण गरेको आरोप लगाए।
ट्रुडोले गत जनवरीमा पार्टीको नेताबाट राजनीनामाको घोषणा गरेका थिए। हालै, अमेरिकाले क्यानडामाथि २५ प्रतिशत आयात कर लगाएको घोषणा गरेको थियो। तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक महिनासम्मका लागि कर छुट दिने आदेशमा हस्ताक्षर गरेका छन्।
प्रत्युत्तरमा क्यानडाले अमेरिकामाथि ३० अर्ब क्यानाडियन डलरको प्रतिकारात्मक कर लगाएको छ।