×

बंगलादेशलाई हराउँदै भारत १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको सुपरसिक्स अन्तर्गतको दोस्रोे खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो।

जितका लागि बंगलादेशले दिएको ६५ रनको लक्ष्य भारतले ७.१ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो । भारतको जितमा गोङ्दी त्रिशाले बिस्फोटक ब्याटिङ गर्दै रन बनाइन् । बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । सानिका चाल्केले ११ रन जोडिन् । 

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६४ रन मात्र बनाएको थियो । बंगालादेशकालागि सुमैया अख्तरले अविजित रहँदै सर्वाधिक २१ रनको योगदान गरिन्। जन्नतुल मौआले १४ रन बनाइन् । 

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतकी वैष्णवी शर्माले सर्वाधिक तीन विकेट लिइन् । सुपर सिक्स अन्तर्गत आजका लागि तय भएको श्रींलका र स्कटल्याण्डबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको छ । वर्षा बाधक बन्दा टस समेत हुन नसकेको खेलमा दुवैै टोलीले १–१ अंक बाँडेका छन् ।
 

Back to top