×

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै १०० भन्दा बढी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन्। यी आदेश सीमा सुरक्षा / आप्रवासन नीतिलगायतमा केन्द्रित हुनेछन् । 

ट्रम्पले रिपब्लिकन सिनेटरसँग क्यापिटल हिलमा गोप्य बैठक गरी आगामी कदमको जानकारी दिएका हुन्। ट्रम्पले आगामी २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन्। अधिकांश आदेश सोही दिन जारी गर्ने तयारी छ। ट्रम्पका प्रमुख सल्लाहकार स्टीफन मिलरले सीमा सुरक्षा र आप्रवासनका उपायबारेमा सिनेटरलाई जानकारी दिए। 

ट्रम्पले बाइडेन प्रशासनका कार्यकारी आदेशहरू उल्ट्याउने र आफ्ना प्रस्ताव लागू गर्ने योजना बनाएका छन्,जसमा अमेरिका–मेक्सिको सीमा पर्खाल निर्माण र आप्रवासी नियन्त्रणमा केन्द्रित छन्। सिनेटर जेम्स ल्यान्कफोर्डका अनुसार, ट्रम्पले १० लाख आप्रवासीहरूको देश निकालाको तयारी गरेका छन्।

हालका राष्ट्रपति जो बाइडेनले आगामी १५ जनवरीमा ह्वाइट हाउसमा विदाइ मन्तव्य दिने तयारी गरेका छन्।

Back to top