×

वीरगञ्ज । भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति मन्दिरमा दर्शन गर्नका लागि टोकन लिने क्रममा भएको भागदौडमा कम्तीमा ६ जना श्रद्धालुको मृत्यु भएको छ। 

गए राति राति अबेर भएको उक्त घटनामा करिब २५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  १० दिनका लागि मात्रै खुल्ने वैकुण्ठ द्वार सर्वदर्शनका लागि टोकन लिन हजारौँको सङ्ख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको थियो। 

काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एक अर्कामाथि खसेको र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै आजतकले जनाएको छ। केही श्रद्धालुहरूले भने प्रहरीको लापरबाहीका कारण घटना भएको जनाएका छन्। दर्शनका लागि टोकन लिने लाइनमा करिब चार हजार मानिस लाम लागेको जनाइएको छ। 

वैकुण्ठ द्वार दर्शन भोलि शुक्रवार १० जनवरी देखि १९ जनवरीसम्म खोलिने छ।

Back to top