×

रियलमीले ‘रियलमी सी ६३’ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

‘रियलमी सी ६३’ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन्।

फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आएको यस ‘रियलमी सी ६३’को ४+ ६४ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ।

४५ वाटको सुपरभोक चार्जर रहेको ‘रियलमी सी ६३’ छिटै चार्ज गर्न सकिन्छ। साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ। ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको ‘रियलमी सी ६३’ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ। 

३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ ‘रियलमी सी ६३’ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ।

Back to top