×

रियाद । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ। ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलो पटक एक मात्र राष्ट्रले आयोजना गर्ने ४८ देशीय विश्वकप हुनेछ।

साउदी अरेबियाका पाँच आयोजक सहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्‌घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ।

खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बिबिसीले जनाएको छ। त्यसै गरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपमा आयोजना गर्नेछन्।

प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन्।

Back to top