यस दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको हो ।
यस अन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत तल उल्लेखित थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरु पाउनेछन्:
यस एपको शुरुवात सँगै ग्राामीण तथा अर्ध¬सहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोरमा पनि उपलब्ध छ ।
यस बारे विस्तृत जानकारी ग्राहकहरूले मोबाइल नम्बर ९८४७३८७५२४ मार्फत सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।