अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पले यो पटक पराजित भए अब नउठ्ने प्रतिक्रिया दिएका छन्।
ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजित भएमा सन् २०२८ मा हुने चुनावमा उम्मेदवारी नपाउने बताएका हुन्।
७८ वर्षीय ट्रम्प लगातार तीनवटा राष्ट्रिय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन्। एक अन्तर्वार्तामा ट्रम्पले डेमाक्र्याटिक उपाध्यक्ष कमला ह्यारिससँग पराजित भएमा अर्को दौडको सम्भवना नदेखेको बताएको बीबीसीले जनाऐको छ । तर आफू सफल हुनेमा आशावादी रहेको ट्रम्पको भनाइ छ ।
अमेरिकी कानूनमा दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाइँदैन। एक कार्यकाल राष्ट्रपति चलाएका ट्रम्प गत चुनावमा जो बाइडेनसँग पराजित भएका थिए। अहिले पनि कमला ह्यारिस धेरै चुनावी सर्वेक्षणमा ट्रम्पभन्दा अगाडि छिन्।