×

भुटानमा जारी साफ यू- १७ च्याम्पियनसिप फुटबलमा नेपालले शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र पाकिस्तानबीचको खेल भुटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा दिउँसो पौने २ बजे शुरु हुनेछ।

दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार घरेलु टोली भुटानको सामाना गर्नेछ। शुक्रबार शुरु भएको प्रतियोगितामा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ। 

उद्घटन खेलमा भारतले बंगलादेशमाथि १-० को कठिन जीत दर्ता गरेको हो। यो समूहमा माल्दिभ्स पनि छ। पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ। निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जित निकालेको हो। 

भारतले समूह चरणको अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ । पराजित भएको बंगलादेशले पनि अब माल्दिभ्ससँग खेल्नेछ। 

Back to top