×

२० वर्ष मुनिको फिफा महिला विश्वकपमा जर्मनीसँग ५–गोलले पराजित हुँदै अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको छ। 

कोलम्बियामा जारी विश्वकप अन्तरगत अन्तिम १६ को खेलमा जर्मनीले अर्जेन्टिनालाई ५–१ गोलले हरायो। 

गएराति नै भएको अर्को खेलमा उत्तर कोरियाले अष्ट्रियाले ५–२ गोलले हरायो। यै गरी अमरिकाले मेक्सिकोलाई ३–२ गोलले हराएको थियो। दक्षिण कोरिया आयोजक कोलम्बियासँग १–० ले पराजित भयो। 

क्वार्टरफाइनलमा अब जर्मनीले अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ। यसैगरी ब्राजिलले उत्तर कोरिया र साविक विजेता स्पेनले जापानसँग खेल्नेछ। 

आयोजक कोलम्बियाले नेदरल्याण्ड या फ्रान्सको विजेतासँग खेल्नेछ। यी दुईबीचको खले अहिले जारी छ। 

क्वार्टरफाइनलका सबै खेल आइतबार हुनेछन्। सेमिफाइनलका खेल आगामी सेप्टेम्बर १८ मा हुनेछन् भने तेस्रो स्थानका लागि सेप्टेम्बर २१ मा फाइनल सेप्टेम्बर २२ मा हुनेछ। 

 

Back to top