काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज नेपालले उज्बेकिस्तानसँग खेल्दैछ।
लगतार चौथो हार बेहोरेको नेपालले आज राउण्ड रोबिनको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्न लागेको हो।
पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे १० बजेदेखि शुरु हुनेछ।
नेपालले यसअघि बंगलादेशसँग ३–२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३–२ ले र काजकिस्तानसँग पनि ३–२ ले पराजित भएको थियो।
नेपालको ४ खेलमा तालिकामा ३ अंक जोडेको छ। त्यस्तै उज्बेकिस्तानले भने यसअघि खेलेका ४ खेलमा २ जित र २ हार बेहोरेको छ।
प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन्।