×

फाईल फोटो

वीरगञ्ज । वीरगञ्जबाट संचालित एक फेसबुक पेजले पप्पु कन्स्ट्रक्सनको विरुद्धमा चरित्र हत्या गर्ने उद्देश्यले लेखेको अनर्गल पोष्ट प्रति पप्पु कन्स्ट्रक्सनको गम्भीर ध्यानाकर्षण भएको छ। पप्पु कन्स्ट्रक्सनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त फेसबुक पेजले बदनियतपूर्वक लेखिएको पोष्टका कारण कम्पनीको छवि धूमिल पार्ने प्रयास भएको जनाएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ठाकुरराम क्याम्पसको पछाडी राधे राधेदेखि सिरिसिया गाउँसम्मको सडक वीरगञ्ज महानगरपालिकाले एसियाली विकास बैंकको सहयोगमा निर्माण गरेको को पप्पु कन्स्ट्रक्सनले प्रष्ट्याएको छ । साथै, कम्पनीले स्पष्ट पारेको छ कि हरिनारायण रौनियारले २०७४ सालको प्रतिनिधि सभा निर्वाचन पूर्व नै पप्पु कन्स्ट्रक्सनको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्।

तर, उक्त फेसबुक पेजले रौनियारको तस्विरसहित पोष्ट गर्दै बदनियतपूर्ण वार्गेनिंग गर्ने उद्देश्यले पोस्ट गरेको भन्दै कम्पनीले उक्त कार्यलाई चरित्र हत्या गर्ने प्रयासका रूपमा लिएको छ। पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि प्रभु साहले यस मामलामा कानूनी कारवाही अगाडि बढाइएको जानकारी दिनुभयो।

कम्पनीले सत्यतथ्य नबुझी अर्काको उक्साहटमा आफुलाई बदनाम गर्ने उद्देश्यले उक्त पोस्ट गरिएको ठहर समेत गरेको छ। पप्पु कन्स्ट्रक्सनले यस प्रकारका भ्रामक र झुठा सूचना फैलाउने कार्यलाई कडा शब्दमा भर्त्सना गरेको छ।

Back to top