×

ढाका । बंगलादेशले अघिल्लो अवामी लिग सरकारले करारमा नियुक्त गरेका ७ राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ । 

जसमा वासिङ्टनका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसनसाउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइयायुएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन् ।

परराष्ट्र मन्त्रालयले उनीहरूलाई आफ्नो वर्तमान जिम्मेवारी त्यागेर तुरुन्तै ढाकास्थित मुख्यालयमा फर्किन उनीहरूलाई छुट्टाछुट्टै सूचना पठाएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् 

राजदूतबाहेक वासिङ्गटनमा फर्स्ट सेक्रेटरी वाहिदुज्जमान नूर र काउन्सिलर अरिफा रहमान रुमा, क्यानडाको ओटावामा काउन्सिलर अपर्णा रानी पाल र काउन्सिलर मोबाश्विरा फरजाना मिथिला र न्यूयोर्कमा थर्ड सेक्रेटरी असिब उद्दिन अहमदलाई पनि फिर्ता बोलाइएको छ । अगस्ट ८ मा अन्तरिम सरकार गठन भएपछि बंगलादेशमा ठूलो प्रशासनिक फेरबदल भइरहेको बेला राजदुतहरुलाई फिर्ता बोलाएको हो ।

Back to top