जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाई सवारी साधनहरू खटाइएको छ। चालकविहीन सरसफाइका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाइ गरिरहेको भिडियोमा देख्न सकिन्छ।
सरसफाइ, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाइ कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ।
चीनले सन् २०२२ देखि चालकविहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो। २०२४ आएर भने सरसफाइमा खटाएको हो। आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पुर्याउने बताइएको छ।