वेस्ट इन्डिजले टी–२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान बनाएको छ। घरेलु मैदान ग्रोस इसलेटमा अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन बनायो।
यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन।
सुरुको ६ ओभरमा जोनसन चार्ल्सले १९ बलमा ३५ र निकोलस पुरानले १३ बलमा ३६ रन जोडेका थिए।
पहिलो चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २ सय १९ रनको लक्ष्य दिएको छ। पुरनले ५३ बलमा ९८ रन जोडेर आउट भए। उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने। यस अघि अमेरिकाका आरोन जोन्स ८० रनमा नटआउट रहेका थिए।