×

वेयरेबल्स बजार गत वर्षको पहिलो त्रैमासिकको तुलनामा सन् २०२४ को पहिलो त्रैमासिकमा ८.८ प्रतिशतले वृद्धि भएको छ। यो गिरावटको एभरेज सेलिङ प्राइस (एएसपी) को लगातार पाँचौं त्रैमासिक भएको हुनाले बजारको सिफ्ट सस्तो मोडेलहरू तर्फ सर्न जारी रहेको एक रिपोर्टमा भनिएको छ।

आईडीसीको विश्वव्यापी त्रैमासिक वेयरेबल्स डिभाइस ट्रयाकरबाट यो रिपोर्ट आएको हो। विश्लेषकहरूका अनुसार उपभोक्ताहरू प्रिमियम मोडलमा अतिरिक्त नगद खर्च गर्न धेरै इच्छुक नदेखिएको र प्रायः मिड–रेन्ज र एन्ट्री–लेभल डिभाइसहरूनै चयन गरेको हुनाले एएसपी घट्दै गएको छ।

तर रक्तचाप वा ग्लुकोज मापन गर्न सक्ने एडभान्स सेन्सरहरू बजारमा लन्च भएपछि भने यो अवस्थामा परिवर्तन आउने र प्रिमियम मोडेलहरूको लोकप्रियता बढेको देख्न सकिने उल्लेख छ। यस बीचमा, साना क्षेत्रीय ब्रान्डहरूको कम लागतको प्रस्तावहरूले लोकप्रियता हासिल गरेको जनाइएको छ।

व्यक्तिगत ब्रान्डहरूको सन्दर्भमा, एप्पल अझै पनि शीर्ष स्थानमा रहेको तर यसको बजार हिस्सा उल्लेखनीय रूपमा संकुचित भएको (वार्षिक दरमा लगभग १९ प्रतिशतले झरेको) छ। साथै विश्लेषकहरूले यस कमीको लागि बिक्री प्रतिबन्ध र त्यसपछि फिचर्स हटाउनुलाई दोष दिएका छन् ।

वेयरेबल्स खण्डमा स्मार्टवाचहरू मात्र नभएर यसमा हेडफोनहरू पनि समावेश रहेका छन् र एप्पलले नयाँ हेडफोनहरू अन्तिम पटक कहिले लन्च गरेको थियो भनेर यहाँ प्रश्न पनि गरिएको छ। एयरपड्स थर्ड जेन सन् २०२१ को अन्त्यमा र एयरपड्स प्रो सेकेण्ड जेन सन् २०२२ को अन्त्यमा लन्च भएको थियो। एयरपड्स म्याक्स तिनीहरु भन्दा अझै पुरानो भएको र सन् २०२० मा आएको थियो।

शाओमी भने द्रुत गतिमा बढिरहेको र हरेक वर्ष लगभग ४४ प्रतिशत माथिको वृद्धिमा देखिएको छ। शाओमीसँग सँधै ताजा किफायती प्रडक्टहरू हुने गरेको र कम्पनीको वेयरओएस पनि धेरै सफल भएको भनिएको छ।

आईडीसीका अनुसार, शाओमीअब तेस्रो ठूलो वेयर ओएस निर्माता भएको छ।

तेस्रो स्थानमा रहेको सामसङलाई पछाडि पारेर ह्वावे आफू तेस्रो बन्न सफल भएको छ। स्मार्टफोन व्यवसायमा कम्पनीको पुनरुत्थानले गर्दा यो सफलता हात परेको र यसले स्पष्ट रूपमा वेयरेबल्स डिभिजनमा पनि वृद्धि गरेको छ।

कम मूल्यले गर्दा सामसङको ग्यालेक्सी फिट ३ लोकप्रिय साबित भएतापनि यसको सफलताले ग्यालेक्सी वाचको घट्दो बिक्रीलाई पूर्ति गर्न पर्याप्त नभएको हुँदा ह्वावेभन्दा पछि पर्दै चौथो स्थानमा झरेको छ। यद्यपि पहिलो त्रैमासिकमा सामसङको १३ प्रतिशतको वृद्धि अझै ८.८ प्रतिशतको उद्योग औसत भन्दा राम्रो भएको उल्लेख गरिएको छ।

पाँचौं स्थानमा इम्याजिन मार्केटिङ रहेको छ र सायद यो नाम धेरैले पहिलो पटक सुनको हुनुपर्दछ। तर यसको “बोट””(boAt) ब्रान्ड भने सुनिएको र चिरपरिचित नाम हो। तिनीहरूको हेडफोनले राम्रो काम गरिरहेको (१७.५ प्रतिशत माथि), तर स्मार्टवाचहरूमा भने कमी (६१.३ प्रतिशत तल) आएको जीएसएमएरिनाले उल्लेख गरेको छ। साभार : टेक्नोलोजी खबरबाट

Back to top