×

आफ्नो प्लेटफर्म सफा गर्ने कदमको रुपमा चिनियाँ सामाजिक संजाल विच्याटले भ्रामक र हानिकारक सामग्री सिर्जनाकर्ताहरूमाथि क्र्याक डाउन गरेको छ। गलत जानकारी फैलाउने र नाफाका लागि प्रयोगकर्ताहरूको शोषण गर्ने खाताहरूलाई लक्षित गर्दै सामाजिक मिडिया जायन्टले हालसालै कन्टेन्ट नम्स (सामग्री मापदण्डहरू) को सुधार कार्यको पहिलो चरणको नतिजा घोषणा गरेको छ।

विच्याटको सार्वजनिक प्लेटफर्म सञ्चालन केन्द्रले विभिन्न उल्लङ्घनहरुमा संलग्न ८०० भन्दा बढी खाताहरू पहिचान गरेको उल्लेख छ। साथै उक्त खाताहरूले अफवाह फैलाउने, सामाजिक द्वन्द्वलाई उक्साउने र प्रयोगकर्ताहरूको भावनालाई हेरफेर गर्न नक्कली पर्सोनाहरू समेत सिर्जना गरेको पाइएको थप उल्लेख गरिएको छ।

विच्याटले आफ्नो प्लेटफर्ममा चार प्राथमिक प्रकारका अनुपयुक्त सामग्रीहरूलाई सम्बोधन गरिरहेको छः क्लिकबेट हेडलाइन्स जसले भ्रामक, सनसनीपूर्ण जानकारी प्रयोग गर्ने र जसले प्रायः सार्वजनिक व्यक्तित्वहरू, हेट स्पिच र विशेष समूहहरू विरुद्ध शत्रुता भड्काउन हानिकारक सामग्री र व्यक्तिगत जानकारी प्रकाशित गर्ने डक्सिङ समावेश गर्दछ छ।

फ्याब्रिकेटेड पर्सोनाज (मनगढन्ते व्यक्तित्वहरू), जहाँ खाताहरूले स्तब्ध पार्ने वा भावनात्मक रूपमा हेरफेर गर्ने कथाहरू प्रकाशित गर्न गलत पहिचानहरू सिर्जना गर्दछ। प्रयोगकर्ताहरूले कथाहरू हेरफेर गर्ने वा वास्तविक संसारका त्रासदीहरूसँग सम्बन्धित कथाहरू चन्दा माग्न वा अरूलाई मद्दत गर्ने बहानामा बिक्रीलाई बढावा दिनका लागि भनेर नाफाको लागि दुःखद कथाहरूको फाइदा लिँदै दूरुपयोग गर्दछन्। यी अभ्यासहरूले डिजिटल नैतिकतालाई कमजोर बनाउँछ र अस्वस्थ अनलाइन व्यवहारहरूलाई बढावा दिने बताईएको छ।

यी समस्याहरूको सामना गर्नका लागि विच्याटले धेरै कदमहरु चालेको छ। ९,००० भन्दा बढी उल्लङ्घन गर्ने लेखहरू मेटाइएका छन् भने ४०० भन्दा बढी खाताहरूले कार्यात्मक प्रतिबन्ध वा स्थायी प्रतिबन्धको सामना गरेका छन्। साथै, प्लेटफर्मले सामग्री निर्माणको लागि स्पष्ट दिशानिर्देशहरू जारी गरेको थप उल्लेख गरिएको छ।

यी दुर्भावनापूर्ण अभ्यासहरूमा क्र्याक डाउन गरेर विच्याटले आफ्ना प्रयोगकर्ताहरूका लागि एक स्वस्थ र अधिक विश्वसनीय अनलाइन वातावरणलाई बढावा दिने लक्ष्य राखेको जनाइएको छ। साभार : टेक्नोलोजी खबरबाट

Back to top