×

वीरगञ्ज । बहार २ (हरसाँस) बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । अनिल शाहीको शब्द र संगीत तथा सुनिती अधिकारीको आवाज रहेको गीतको भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत शुक्रवार सार्वजनिक गरिएको हो । 

ब्लुबेरी स्टुडियोमा मिक्सिंग गरिएको गीतको भिडियोमा नाट्यकर्मी स्नेहा जोशी र रोनिश खड्की फिचर्ड छन् । प्रेमिल गीतको भिडियोमा स्नेहा र रोनिश एकअर्कामा हराइरहेको र रमाइरहेको देखाइएको छ । 

नाटकबाट अभिनय यात्राको आरम्भ गरेकी स्नेहाले यसअघि करिब एक दर्जन बढी म्युजिक भिडियो काम गरीसकेकी छिन् । 

प्रमोद परियारले एरेञ्ज गरेको भिडियोलाई अवी शाक्यले छायांकन तथा इडिट गरेका हुन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top