×

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरको सम्बन्धमा दरार आएको हल्ला चलिरहेको छ । सैफ अली खानले हातमा करिनाको नामको ट्याटु बनाएका थिए ।

 सो ट्याटु हटेपछि यस्तो हल्ला चल्न थालेको हो । एयरपोर्टबाट सैफ अली खानको एक तस्बिर भाइरल भइरहेको छ । अभिनेताको यो तस्बिरले सैफ र करिना कपुरका फ्यानहरूको ध्यान खिचेको छ । सैफले आफ्नो हातबाट श्रीमती करीना कपुरको नामको ट्याटु हटाएका छन् । त्यसको ठाउँमा अर्कै ट्याटु छ ।

सामाजिक सञ्जालमा सैफ अली खानको भाइरल तस्बिरमा मानिसहरुले अनेकौं कमेन्ट लेखिरहेका छन् । एक प्रयोगकर्ताले ‘सबै ठीक छ ? ’ भनेर प्रश्न सोधेका छन् । अर्काले भने सैफ र करीनाबीच केही भएको हो भनेर सोधेका छन् । अर्का एक जनाले भने सैफले तेस्रो बिहे गर्न लागेको हुन् भनेर सोधेका छन् । एक यूजरले करीनासँग सम्बन्धबिच्छेद गर्न लागेका हुन् भन्दै प्रश्न गरेका छन् ।

सैफले ट्याटु बदलेको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । करीना कपुरले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । मिडिया रिपोर्टका अनुसार सैफ अली खान अहिले एउटा फिल्मको सुटिङमा छन् । यही फिल्मका लागि उनले यो विशेष ट्याटु बनाएको हुन सक्ने बताइएको छ ।

Back to top