×

वीरगञ्ज । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएको छ । मन्त्री सुनिता यादवलाई पार्टीले फिर्ता बोलाउँदै उनको ठाउँमा युवराज भट्टराईलाई नियुक्ति गरिएको छ भने मधेश सरकारमा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहलाई समेत बिना विभागीय मन्त्रीको जिम्मेवारी पाएको छ ।

मधेश सरकारमा भएको कुर्सी उलटफेरप्रति निवर्तमानमन्त्री सुनिता यादवले साह र भट्टराईलाई शुभकामना दिँदै आफ्नो कार्यकालमा भोगेका विभिन्न अनुभवसमेत सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुकबाट निवर्तमानमन्त्री यादवले नवनियूक्त दुवै मन्त्रीलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनले मन्त्रीको जिम्मेवारी रहँदासम्म आफुले भागेको अप्ठ्यारो परिस्थितिहरुको सवालमा बताउँदै सो परि स्थितिको सामना अब फेरि पनि कसैले गर्नु नपरोस् उल्लेख गरेकी छन् ।

उनले आफ्नै दलका केही साथिबाट चरम असहयोग पनि भएको बताएकी छन् । तर पार्टीबाट मन्त्रीमण्डलमा परेका साथीहरूलाई आफू विश्वास्त रहन आग्रह गर्दै निवर्तमान मन्त्री यादवले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मन्त्री पद पाउनैको निम्ति र आफ्नै गठबन्धनको सरकार ढाल्न जे जति प्रयास र व्यबहारहरु गरे, त्यो मेरो तर्फबाट हुने छैन ।’ ‘मेरो कार्यकालमा मैले सकेको राम्रो गर्न खोजे म कति सफल या असफल भए यो मुल्यांकन गर्ने जिम्मा आम जनसमुदाय मै छोडन चाहन्छु ।’ उनले उल्लेख गरेकी छन् ।

माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता साह र उपनेता भट्टराई मन्त्रीमा नियुक्ति भएपछि निवर्तमान मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘माननीय भरत प्रसाद साह र माननीय युवराज भट्टराईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !! आजदेखि एउटा मन्त्रीको रूपमा मेरो कार्यकाल सकिँदै छ ।

यस अवधिमा मलाई सहयोग र साथ दिने सबैमा हार्दिक आभार ब्यक्त गर्दछु । मेरो कार्यकालमा मैले सकेको राम्रो गर्न खोजे म कति सफल या असफल भए यो मुल्यांकन गर्ने जिम्मा आम जनसमुदाय मै छोडन चाहन्छु । तर यस अबधिमा मैले निकै अप्ठ्यारो परि स्थितिहरुको पनि सामना गर्नु पर्यो, त्यो फेरि पनि कसैले गर्नु नपरोस् भन्ने लागेको छ ।

आफ्नै दलका केही साथिबाट चरम असहयोग पनि रहेकै थियो ।तर हाम्रो पार्टी बाट आज मन्त्री मण्डलमा पर्नु भएको साथीहरूलाई म बिश्वास दिलाउन चाहन्छु कि म सङ मन्त्री पाउनै को निम्ति र आफनै गठबन्धनको सरकार ढाल्न जे जति प्रयास र व्यबहारहरु गरे त्यो मेरो तर्फबाट हुने छैन । म एउटा सच्चा र सचेत जनप्रतिनिधिको रुपमा तपाईंहरु सगै हुनेछु। फेरि पनि नबनियुक्त माननीय मन्त्री साथिहरुलाई हार्दिक बधाई एब्म सफल कार्यकालको शुभकामना !’

Back to top