×

वीरगञ्ज । नेकपा एमाले पर्साको अध्यक्षमा डा. बिशम्भर शर्मा सर्वसम्मत चयन भएका छन् । सहमतीमै अध्यक्षमा डा. शर्मालाई निर्विरोध निर्वाचित गरिएको हो । यसअघि अध्यक्षमा डा. शर्मासँगै कुनाल महतो थारु र हनिफ मियाँ जोलाहले उम्मेद्ववारी दिएका थिए । 

उपाध्यक्षमा लालबाबु शेख र मनोज कुमार गुप्ताबीच सहमती भइसकेको छैन । त्यस्तै सचिवमा नवराज शर्मा र महेश दासबीच पनि छलफल भइरहेको छ ।

उपसचिवमा रामकिशोर सिंह (पराग), ईमरान हुसेन र नविजान मियाँ अन्सारी प्रतिस्पर्धामा छन् भने महिलातर्फ गिता देवी भण्डारी र सिता देवी लामाले उम्मेदवारी दिएकी छन् । 

लेखा समिति अध्यक्षमा पनि सन्तोष कुमार सिंह र शिवजी गुप्ताको उम्मेदवारी परेको छ । लेखा समिति उपाध्यक्षमा भने गोविन्द प्रताप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

सकेसम्म सहमतीमै निर्विरोध समिति चयन गर्ने गरी छलफल भइरहेको सचिवका आकांक्षी महेश दासले बताए । सहमतीमा नटुंगिए निर्वाचन हुने उनको भनाई छ । 
 

Back to top