वीरगञ्ज । नेपालमा भइरहेको ५ टी-२० सिरिजको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।
वेस्ट इन्डिज ‘ए’ले एक खेल अगावै सिरिजको उपाधि हात पारेको हो ।
क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको घरेलु टोली नेपालले १९.५ ओभरमा सम्पूर्ण गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। पौडेलले ४७ बलमा ८२ रन जोडे ।
नेपालले ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै शून्य रनमा गुमाउँदा अर्का ओपनर कुशल भुर्तेललाई १ रनमा क्लिन बोल्डका सिकार भए ।
कुशल मल्ल ४ रन, सन्दीप जोरापनि १९ रन,दीपेन्द्रसिंह ऐरी र गुल्शन झा समान १९/१९ रन, सोमपाल कामी १० रन बनाएर आउट भए ।
बलिङमा नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए ।
शनिवार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकालेको थियो ।
आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग १० रनको जित हासिल गरेको थियो ।
यस्तै, बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग ७६ रनको जित हासिल गरेको थियो ।
पाँचौँ तथा अन्तिम खेल शनिबार रहेको छ ।