×

तस्बिर सौजन्य ।

नयाँ दिल्ली । भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदै छ ।

निर्वाचनको प्रतिस्पर्धामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्बन्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।

उत्तराखण्डमा हेलिकोप्टरको प्रबन्ध

निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिँदै आपत्कालीन सेवाका लागि दुई वटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिए । उनले यस पटकको मतदान हिंसा वा हताहत मुक्त हुने र कुनै आपत्कालीन अवस्था नआउने बताए ।

“एउटा हेलिकोप्टर गढवालमा र अर्को खकुमाउमा तैनाथ गरिने र तिनलाई आपत्कालीन उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ । यस पटकको मतदान हताहत वा हिंसामुक्त हुनेछ, कुनै आपत्कालीन अवस्था आउने छैन,’’ जोगडाँडेले भने ।

पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिने भएको छ । यसैबिच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधवार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो सङ्ख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेका छन् ।

पूर्व मुख्यमन्त्री रावत र हरिद्वारमा पूर्व मुख्यमन्त्रीका छोराबिच प्रतिस्पर्धा हरिद्वार र उत्तराखण्डको अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा अप्रिल १९ मा आम चुनावको पहिलो चरणमा मतदान हुनेछ ।

यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावतका छोरा काँग्रेसका वीरेन्द्र रावतबिच प्रतिस्पर्धा हुने भएको छ ।

हरिद्वार संसदीय क्षेत्र कुल १४ विधानसभाहरू मिलेर बनेको छ । बिजेपीले सन् २०१९ र २०१४ को लोकसभा चुनावमा हरिद्वारका सबै सिटमा जित हासिल गरेको थियो ।

उत्तराखण्डमा परम्परागत रूपमा भाजपा र काँग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै पार्टीले राज्यलाई आफ्नो राष्ट्रिय सङ्कल्प अनुसार सञ्चालन गर्न आवश्यक युद्धभूमिको रूपमा हेर्छन् ।

सोनितपुर जिल्ला निर्वाचन कार्यालयले बिहीबार पहिलो चरणको निर्वाचनका लागि मतदान कर्मचारीहरूलाई आ आफ्नो मतदान केन्द्रहरूमा पठाएको छ । डिब्रुगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरंगामा पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुँदै छ ।

मतदान कर्मचारी र सुरक्षाकर्मी खटिए

सोनितपुर संसदीय क्षेत्रका लागि बिहीबार असमको सोनितपुरको दराङ कलेजबाट मतदान टोली र सुरक्षाकर्मी पठाउन थालिएको छ । अतिरिक्त जिल्ला आयुक्त कविता काकती कोनवरले सोनितपुर आवश्यक मतदान कर्मचारीहरू मतदानमा संलग्न हुने जानकारी दिए ।

उक्त जिल्लामा करिब एक सय ५० महिला मतदान केन्द्रहरू छन् । सबै निर्वाचन क्षेत्रहरूमा पर्यवेक्षकहरू राखिएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वास दिइएको छ ।

Back to top