×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज पञ्जाव किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ । पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा पञ्जाव किंग्स र मुम्बई इण्डियन्सको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । दुवैले अहिलेसम्म खेलेका ६-६ खेलमा २-२ खेल जितेका छन् भने ४-४ खेलमा हार बेहोरेका छन् ।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा साम कुरानले पञ्जावको कप्तानी गरेका थिए ।

त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आशुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। गत सिजनमा पञ्जाव आठौँ भएको थियो ।

त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन ।

मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ। त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।

Back to top