×

वीरगञ्ज । नेपाललाई वेस्तईन्डिजले १६१ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर ब्याटिंग रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतीमा १६० रनको योगफल तयार गरेको हो । 

जसका लागि आन्ड्रे फ्लेचरले ३६ बलमा ४३ रन जोडे । गुडाकेश मोतीले ४ छक्का र २ चौका प्रहार गर्दै ८ बलमा ३३ रन बनाए । रोशन चासले २२ बलमा २३ रन बनाए । 

बलिङ्तर्फ नेपालका कुशल भुर्तेल र सागर ढकालले २/२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी, र सोमपाल कामीले १/१ विकेट लिए । अन्तिम दुई ओभरमा आकाश चन्द र दिपेन्द्र सिंह ऐरीको बलीङ्ले नेपालले मध्यम लक्ष्य पाएको हो । 
 

Back to top