×

वीरगञ्ज । नेपालले एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धसँग टस जितेको छ । 

टस जितेर नेपालले फिल्डिंंग रोजेको छ । नेपालले फिल्डिंग रोजेसँगै साउदी अरबले ब्याटिङ् गर्ने भएको छ । वर्षाका कारण पिचमा समस्या देखिएपछि निर्धारित समयभन्दा ढिला खेल हुन लागेको हो । खेल ८ ओभरको हुनेछ । 

नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । हिजो भएको खेलमा कतारले साउदी अरब माथि जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको थियो । त्यसकारण नेपालले आज केही खेलाडीलाई विश्राम दिने अनुमान गर्न सकिन्छ ।

नेपाल रहेको समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमशः तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २ अंकमा छन् ।
 

Back to top